wake-up-in-the-morningदिनको सुरूवात राम्रो भयो भने तपाईको पुरै दिन नै राम्रो रहन्छ । तपाईहामी कसैले पनि आफ्नो दिनचर्यामा तनाव र दुःखसँग नबितोस् । कहिले काही हामीले नचाहँदा नचाहँदै पनि हाम्रो पुरै दिन निकै खराब बित्ने गर्छ ।

कुनै कुनै दिन तपाई हामीले खाना समेत खान नपाएको र मानसिक तनाव समेत निकै धेरै भोग्नुपर्ने गरेको अनुभव पनि लिएकै छौ । प्राचिन मान्यता र शास्त्रमा विश्वास गर्ने हो भने यसको वास्तविक कारण हामीले उठ्ने बित्तिकै गरेको गल्ति हो । 

शास्त्रका अनुसार बिहान उठेर ऐना हेर्ने कार्यले मानिसको शरिरमा नकारात्मक उर्जा प्रदान गर्छ । यसले दिनभर नै असर गरिरहन्छ । यस्तै बिहान उठ्ने बित्तिकै कसैको अनुहार हेर्नुलाई पनि राम्रो मानिदैन । सकेसम्म कसैको अनुहार हेर्ने सम्भावनाबाट आफूलाई बचाउनु उपयुक्त हुन्छ । 

हरेक व्यक्तिमा एक उर्जा वा शक्तिको सञ्चार भइरहेको हुन्छ । बिहान जब निन्द्रा खुल्छ, तब तपाईको शरिर स्थिर र आलस्य हुन्छ र यस्तो समयमा कोही अन्य व्यक्तिको उर्जा सहजै तपाईहाम्रो शरिरमा प्रवेश गर्छ । यदी तपाईँसँगको उक्त मानिसमा नकारात्मक उर्जाले प्रभाव पारिरहेको अवस्थामा तपाईको शरिरमा पनि उक्त उर्जाले नकारात्मक असर पार्न सक्छ ।

यसकारण बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफूले पुज्ने गरेको भगावानको ध्यान गर्ने र दर्शन गर्ने । यदी यस्तो सम्भव नभए आफ्नो हात हेरेर भगावानको ध्यान गर्ने, यसले तपाईको आत्मबल बढाउनुका साथै सकारात्मक उर्जाको सञ्चार हुन्छ । 

यस्तै, बिहान खाना खानु अघि कुनै पशु या कुनै गाउँको नाम पनि लिन हुँदैन । यसले पनि तपाईको दिन अशुभ बनाउछ । खासगरी बाँदरको नाम त झुक्किएर पनि नबोल्नु राम्रो । 

रामरचित मानसको सुन्दरखण्डमा लेखिएअनुसार हनुमान भन्छन्, ‘म जुन कुलको हुँ, अर्थात् म बाँदर कुलको हुँ र जोसुके पनि जसले बिहान बिहान मेरो नाम लिन्छन् उसले त्यो दिन खाना नै खान पाउँदैन् । तर, यसो भन्दैमा हनुमानको प्रार्थना नगर्नु भने भनिएको होइन, मात्र बाँदर शब्द मुखबाट ननिकाल्नुस् ।