bad breathयदि तपाई स्वास गनाउने समस्याबाट पिडित हुनुहुन्छ भने आजैबाट थाल्नुस भिटामीन सि युक्त खानेकुरा, पानी र चिया ।

पानीः हामीले दिनमा २ देखि ३ लिटर सम्म पानी खानु पर्छ । प्रशस्त मात्रामा पानी खानाले हामी सधै स्वस्थ्य रहन्छौ । पानी कम खाने मान्छेमा स्वास गनाउने समस्या धेरै देखिन्छ। कम पानी खाने मानिसको छामा फुस्रो र कत्ला परेको हुन्छ। यसले गर्दा भित्र देखि आउँने थुकको मात्रा पनि कम हुन्छ। त्यस कारण  मुखमा बिभिन्न किसिमका ब्याक्टेरिया पनि जम्मा हुने गर्दछ र हाम्रो स्वास गनाउन थाल्छ। प्रशस्त मात्रामा पानी खानेले उक्त समस्या देखिन्न ।

 

भिटामीन सि युक्त खाना : जस्तै..सुन्तला,मौसम, कागती,किवी खानाले हाम्रो स्वास सधै ताजा रहन्छ । त्यसै गरि भिटामीन सि सँग ब्याक्टेरिया सङग लड्ने क्षमता पनि हुन्छ।

 

स्याउः स्याउमा पानीको मात्रा धेरै हुन्छ । स्याउ खानाले हाम्रो स्वास पनि ताजा रहन्छ। यसमा पानीको मात्रा धेरै हुने हुँदा मुखमा ब्याक्टेरिया जम्न पाउँदैन ।

 

दालचिनीको चियाः दालचिनी हालेको चिया पिउनाले पनि हाम्रो स्वास ताजा रहन्छ र यस्ले हाम्रो मुखको दुर्गन्ध पनि हटाँउछ ।