आजको राशिफल

बि.स.२०७३ माघ ०८ गते । शनिबार । ईश्वी सन् २०१७ जनवरी २१ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । माघ कृष्ण पक्ष । तिथि नवमी, ३२ घडि ४७ पला । नक्षत्र स्वाती, ५ घडि ४३ पला, बिहान ९ बजेर १४ मिनेट उप्रान्त विशाखा । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ३४ मिनेट जाँदा । दिनमान २६ घडी ३३ पला । चन्द्ररासि तुला । देवघाट मकरस्नानारम्भ ।

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विभिन्न अवसरलाई आउँने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रतिस्पर्धीको मनोबल गिराउँदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जानेछ । सवारी साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यवसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर  खानपानमा ध्यान नदिंदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथीभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुशी हुँनेछ । विद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथीभाई खुशी रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पछि सम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

 

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सिर्जनात्मक काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलेकै भरमा कामहरु बन्नेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुशी रहनेछन् । तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथीभाईहरु खुशी हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लामो दुरीको बिदेश यात्राको तय हुँनेछ । विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि समय दिंदा राम्रो प्रगति हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने पति पत्नि बिच बिश्वास बढेर जानेछ । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने नयाँ वातावरण बन्नेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानीका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानी बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

काम गरी मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । सत्रुलाई परास्त गर्दै अगाडि बढे गन्तब्यमा पुग्न सकिनेछ । भुमि तथा पैत्रिक सम्पति लाभ हुँने योग रहेको छ । गीत संगितमा ध्यान जाने तथा पढाई लेखाईमा सुभार भएर जानेछ । माया प्रेममा मन पराएको मानिस आफ्नै समिपमा रहनाले मन खुशी हुनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफन्त तथा साथीभाई सँग मिठा मिठा कुरा गरि दिन कटाउँन सकिनेछ । धर्म कर्ममा ध्यान जाने तथा आफ्नो संस्कृति जोगाउँन समय खर्चिनु पर्नेछ । सानो प्रयासबाट नै ठुलो काम बन्नेछ । अध्ययन तथा अध्यापनमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापारमा थोरै लगानीबाट नै भनेजस्तो नाफा कमाउँन सकिनेछ । ईज्जतिलो काम गरेर सबैको मन जित्न सकिनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

समस्या तथा चुनौतिको सामना गर्नु परे पनि सहज रुपमा समाधान गर्न प्रयास गर्नुहोला । पढाई लेखाईमा समय नदिदा अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा सन्तोष जनक नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामान्य अबिश्वास पैदा हुन सक्छ भने पति पत्नि बिच मनमुटाब बढ्नेछ । चिसो लाग्ने तथा सामान्य स्वास्थ्य सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न  ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२