rudrakshहिन्दु धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । रूद्राक्षलाई शिवको आँखाको आशु भएको बताइएको छ । यसका बारेमा पनि पुराणमा एक कथा प्रचलित छ । यसका अनुसार एक पटक भगवान शिवले आफ्नो मनलाई वशम पारेर संसारको कल्याणका लागि सयौ वर्षसम्म तपस्या गरे ।

 

एक दिन अचानक उनको मन दुःखी भयो । जब उनले आफ्नो आँखा खोले तब उनको आँखाबाट केहि आँशुका ढिक्का झरे । यही आशू पछि रूद्राक्ष नामको वृक्षका रूपमा उत्पन्न भयो । शिवमहापुराणमको विद्येश्वरसंहितामा रूद्राक्षको १४ वटा प्रकार बताइएको छ । सबैको महत्व र धारण गर्ने मन्त्र फरक-फरक हुने बताइन्छ । यीनलाई मालाको रूपमा लगाउनाले प्राप्त हुने फल पनि फरक-फरक हुने गर्छ । धर्म ग्रन्थमा रुद्राक्षलाई महाशिवरात्रीको दिनमा विधी-विधान पुर्याएर धारण गर्नाले विषेश लाभ मिल्ने गर्छ । थाहा पाऔ रूद्राक्षका प्रकार र धारणा गर्ने मन्त्र र प्राप्त हुने लाभ…

 

– एक मुखे रुद्राक्षलाई साक्षात शिवको स्वरूप मानिन्छ । यसले मोक्ष प्रदान गर्छ । जहाँ यो रुद्राक्षको पुजा हुन्छ त्यहाँबाट लक्ष्मी टाढा जान्नन् अर्थात् जसले यो रुद्राक्ष लगाउने गर्छ ऊ कहिल्यै पनि गरीब हुँदैन ।
धारण गर्ने मन्त्रः ऊँ ह्रीं नम:

 

– दुई मुखे रुद्राक्षलाई देवदेवेश्वर भन्ने गरिन्छ । यसले सम्पूर्ण कामना र मनले इच्छा गरेको फल दिन्छ । जसले यो रूद्राक्ष लगाउने गर्छ उसको हरेक इच्छा पुरा हुन्छ ।
धारण गर्ने मंत्र- ऊँ नम:

 

– तीन मुखे रुद्राक्षले मानिसलाई सफलता दिने गर्छ । यसको प्रभावले जीवनमा हरेक काममा सफलता मिल्ने गर्छ भने विद्या प्राप्तिका लागि पनि यो रुद्राक्ष निकै चमत्कारी हुने गर्छ ।
धारण गर्ने मन्त्र- ऊँ क्लीं नम:

 

– चार मुखै रुद्राक्ष ब्रम्हाको स्वरूप हो । यसको दर्शन र स्पर्शले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने गर्छ । धारण गर्ने मन्त्र- ऊँ ह्रीं नम:

 

– ५ मुखे रूद्राक्षमा सबै चीज गर्न सक्ने सामर्थ्य हुन्छ । सबैलाई मुक्ति दिन सक्ने र सम्पूर्ण इच्छा पूर्ण गर्न सक्ने रूद्राक्ष हो ५ मुखे रूद्राक्ष । यसलाई धारण गर्नाले मानसिक शक्तिको विकास हुन्छ ।
धारण गर्ने मन्त्र- ऊँ ह्रीं नम:

 

– ६ मुखे रुद्राक्ष भगवान् कार्तिकेयको स्वरूप हो । यसलाई धारण गर्ने व्यक्ति ब्रमहत्याको पापबाट समेत मुक्त हुन्छ । अर्थात् यो रुद्राक्ष धारण गर्ने व्यक्तिको सबै पाप नष्ट हुन्छ ।
धारण गर्ने मन्त्र- ऊँ ह्रीं हुं नम:

 

– ७ मुखे रूद्राक्ष अनंहस्वरूप अर्थात् अनंगको नामबाट प्रसिद्ध छ । यसको धारण गर्ने व्यक्ति जतिसुकै गरिब भएपनि राजा बन्न सक्छ अर्थात् उक्त व्यक्ति निकै धनी बन्ने गर्छ । यदी कुनै गरिब व्यक्ति यो रूद्राक्षलाई विधीपूर्वक धारणा गर्छ भने ऊ निकै धनी बन्न सक्छ ।
धारण गर्ने मन्त्रः ऊँ हुं नम:
– ८ मुखे रुद्राक्ष अष्टमुर्ती भैरवस्वरूप हो । यसको धारण गर्नाले मानिस पूर्नायु हुन्छ । अर्थात् जसले यो रुद्राक्ष धारण गर्छ उसको आयु बढ्ने गर्छ र अकाल मृत्युबाट समेत जोगिन्छ ।
धारण गर्ने मन्त्रः ऊँ हुं नम:

 

– ९ मुखे रुद्राक्षलाई भैरव तथा कपिल मुनीको प्रतिक मान्ने गरिन्छ । भैरव क्रोधको प्रतिक हुन् र कपिल मुनी ज्ञानको प्रतिक । अर्थात् ९ मुखे रुद्राक्ष धारणा गर्नाले क्रोधलाई नियन्त्रणमा राख्न सकिन्छ भने ज्ञान पनि प्राप्त हुन्छ ।
धारण गर्ने मन्त्रः ऊँ ह्रीं हुं नम:

 

– १० मुखे रूद्राक्षः १० मुखे रुद्राक्ष भगवान् विष्णुको रूप हो । यसको धारणा गर्ने मानिसको सम्पर्ण कामना पुरा हुन्छ ।
धारण गर्ने मन्त्रः ऊँ ह्रीं नम:

 

– ११ मुखे रुद्राक्षलाई रूद्ररूप मानिन्छ । यसको धारण गर्ने व्यक्तिलाई सबैतिरबाट विजय मिल्छ । अर्थात् कुनै पनि काममा असफलता हात लाग्दैन ।
धारण गर्ने मन्त्रः ऊँ ह्रीं हुं नम:

 

– १२ मुखे रुद्राक्ष धारण गर्नाले मानिसको टाउकोमा बारहो आदित्य बस्ने गर्छ । अर्थात् उक्त व्यक्तिको जीवनमा कहिल्यै पनि इज्जत, पैसा, र अन्य कुनै पनि वस्तुको कुनै कमी हुँदैन ।
धारण गर्ने मन्त्रः ऊँ क्रौं क्षौं रौं नम:

 

– १३ मुखे रूद्राक्षलाई विश्वदेवोको स्वरूप मानिन्छ । यसको धारण गर्नाले मानिसले सौभाग्य र मंगल प्राप्त गर्छ ।
धारणा गर्ने मन्त्रः ऊँ ह्रीं नम:

 

– १४ मुखे रूद्राक्ष परम शिवरूप हो । यसको धारण गर्नाले सबै पापको नाश हुन्छ ।
धारन गर्ने मन्त्रः ऊँ नम: