veena-malikविवाह गरेपछी चर्चामा रहेकी पाकिस्तानी नायीका बीना मलिक फेरी चर्चामा आएकी छिन् । बीनाले पूर्व प्रेमी र उनको परिवारलाई फोनबाटै धम्क्याएको आरोप लगाइएपछी उनको चर्चा फेरी चुलिएको हो ।

मुम्बई बस्दै आएका बीनाका पूर्व प्रेमी प्रशान्त सिंहले बीनाले आफू र आफ्नो परिवारलाई धम्क्याएको भन्दै शनिबार प्रहरीमा उजुरी दर्ता गरेका छन् । गत बुधबार बीनाले व्यापारी असद बशिर खानसँग विवाह गरेपछी प्रशान्तले यसबारे सञ्चारमाध्यमसँग कुरा गरेको बताएका छन् । प्रशान्त र बीना करिब डेढ वर्षदेखि प्रेमी-प्रेमीकाको रुपमा रहँदै आएका थिए ।

आफूले अचानक बीनाको विवाह भएको खबर सञ्चारमाध्यमबाट सुनेपछी यसबारे आफूले सञ्चारमाध्यममा कुरा गरेको बताएका छन् । यसपछी बीनाले आफू र आफ्नो परिवारलाई धम्क्याउँदै फोन गर्न थालेको प्रशान्तले बताएका छन् । प्रशान्तले आफूले सञ्चारमाध्यममा केहि भने आफ्नो बदनाम गरिदिने धम्की बीनाले दिएको बताएका छन् ।

यस विषयमा प्रहरीले एफआइआर भने दर्ता नगरेको र यसलाई सामान्य उजुरीका रुपमा लिएको बताएको छ । बीना अहिले भारतभन्दा बाहिर रहेकाले पनि प्रहरीले केहि गर्न नसक्ने बताएको छ । प्रहरीले प्रशान्तलाई अदालतमा गएर मुद्धा दर्ता गर्न समेत सल्लाह दिएको बताइएको छ ।