hugo chavez dies२३ फागुन, एजेन्सी । भेनेजुएलाका विश्व चर्चित राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा निधन भएको छ । निकै खतरायुक्त अवस्थामा रहेको बताइँदै आएका बेला उनको निधन भएको उपराष्ट्रपति निकोलस मदुरोले चावेजको निधन भएको जानकारी दिएका हुन् । उनका अनुसार चाभेजको निधन स्थानीय समयानुसार ३ बजेर ५५ मिनेट जाँदा भएको थियो ।
पछिल्लो १ वर्षदेखी क्यान्सरबाट पिडित बनेका उनको क्यान्सर निदानका लागी पटक-पटक शल्यक्रिया गरिएको थियो । उनको क्यूवामा गरिएको पछिल्लो शल्यक्रियापछी उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।
उनको निधनप्रति विश्वका सबै नेताहरूले दु:ख व्यक्त गरेका छन् । १४ वर्षसम्म भेनेजुयलामा शासन सत्ता समालेका चावेभको निधनले भेनेजुयलालाई ठूलो घाटा लागेको बताइएको छ । उनको निधनको घोषणा गरेका उपराष्ट्रपति लगायत अन्य मन्त्री तथा नेताहरूले समेत उनको बारेमा बोल्दा आँशु झारेका थिए । यसले पनि उनको भेनेजुयलाको राजनीतिक छवीलाई जनाउँछ ।