virus२३ बैशाख, एजेन्सी । साउदी अमरेबियामा सार्स जस्तै भाइरस देखा परेको छ । उक्त भाइरसले अहिलेसम्म दुईको ज्यान लिइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि गत हप्ता पनि ७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले ती सात जनाको ज्यान लिएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार उक्त भाइरसबाट अन्य १३ जना ग्रसित भएको बताएको छ  ।

कोरोना भाइरस नामको उक्त भाइरस कुनैबेला विश्वभर नै हलचल मच्चाएको सार्स जस्तै रहेको बताइएको छ ।

उक्त भाइरसका कारण मृत्यु हुने मानिसको परिचय खुलाइएको छैन्, उनीहरु कहाँका बासिन्दा हुन् भन्नेबारे पनि केही नखुलाइएको बताइएको छ ।

गत बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ५ जनाको ज्यान गएको जनाएको थियो । ती सबै सार्स जस्तै लाग्ने कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसरी नयाँ खालको भाइरस देखिएपछी विश्व भरिनै यसले तरंग ल्याएको छ। सार्सले विश्वलाई नै निकै दु:ख दिएको थियो । सोही घटना दोहोरिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पनि चिन्ता जाहेर गरेको छ । उसले यसबारेमा थप अनुसन्धान गरिने समेत जनाएको छ।