shankar pokarel and prakash dahal२८ बैशाख, काठमाडौ । नेकपा एमालेका सचिव शंकर पोखरेल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशबीच फेसवुकमा चर्को विवाद ‘मिनि वार’ सुरू भएको छ । एमाले नेता पोखरेलले आफूलाई ‘स्त्री भोगी’को संज्ञा दिदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रकाश सन्किएका हुन् ।

एमाले सचिव पोखरेलले प्रकाशलाई ‘नयाँ युवती भोग्दै, नयाँ खोज्दै’ गर्ने गरेको कठोर आरोप लगाएका छन् । पोखरेलले यस्तो स्टाटस लेखेका थिए,”प्रचण्डको जनतासँगको प्रेम र प्रचण्ड पुत्र प्रकाशको नवयुवती सँगको प्रेम उस्तै उस्तै रहेछ । भोगे पछि त्यागी दिने । प्रचण्डले युद्धका समयमा रोल्पासँग प्रेमको कुरा गरे । चुनाव जितेपछि रोल्पा त्यागेर राजधानी काठमाडौको निर्वाचन क्षेत्र कीर्तिपुर रोजे । सत्तामा पुगेर कीर्तिपुरका लागि एउटा सिंको नभाँचेका उनले कीतिपुरलाई नै त्यागेर मधेसलाई लभ गर्ने कुरा गर्दैछन् । जसरी प्रचण्डपुत्र प्रकाशले एकपछि अर्को श्रीमती त्याग्दै नयाँ युवतीको खोजीमा लाग्छन् ।”
जसमा २६० जनाले लाइक, ८९ जनाले शेयर र ५२ प्रतिक्रिया आएका छन् ।

पोखरेलको आरोप विरूद्ध प्रकाशले पनि ‘इटाको जवाफ पत्थरले दिने भन्दै’ खरो रूपमा खनिएका छन् । प्रकाशले सचिव पोखरेललाई यस्तो प्रतिक्रिया लेखेका छन् , “राजनीति सकिए पछि काईते कुरा गरेर दिन काट्ने दिन शुरू भयो है । लाज लाग्नु पर्ने हो आफुलाई नेता भनेको सुन्न पनि । यस्तै ताल हो भने जनता त के घरमा पालेका तपाईका छोराछोरीपनि पलायन हुन्छन् । जनताको लागि ठुलो काम गरिएको जस्तो लाग्दो हो है । राजनीति तिर लाग्नुस् । राष्ट्रप्रति गंभिर हुन खोज्नुस् । यस्ता काईते कुरा फेसबुकमा लेखेर नेता भईदैन “नेता” ज्यू” ।