प्रेममा धोका पाएका केटीहरु के गर्छन् होला भनेर सोंचिरहनु भएको छ भने पिर नगर्नुस अध्ययन सार्वजनिक भैसकेको छ । एउटा अध्ययनले केटीहरुको विषयमा अनौठो तथ्य बाहिर ल्याएको छ ।

फोर्जा सप्लिमेन्ट्सले गरेको एक शोधमा सम्बन्ध टुटेपछि केटीहरु खाना खान छोडेर आफ्नो तौल घटाउन तिर लाग्ने गरेको अनौठो तथ्य सार्वजनिक भएको हो ।

girl

 

लामो समयसम्म चलेको सम्बन्ध टुटे लगत्तै महिलाहरु १ महिनामा साढे २ किलो तौल घटाउने सो शोधको दावी छ ।

 

१००० महिला सहभागी गराएर गरिएको उक्त सोधमा ४६ प्रतिशत महिलाले सम्बन्ध टुटेपछि खाना खान छोड्ने गरेको बताएका थिए ।

अधिकाँश महिलाले पुनः आकर्षक देखिनका लागि तौल घटाउने गरेको बताएका थिए ।