do-not-eatआधुनिकताको विकास सँगसँगै मानिसहरूमा स्वास्थ्यप्रति चेतना बढेको पाइन्छ । चिकित्सा विज्ञानको विकास र स्वास्थ्यप्रति मानिसमा आएको चेतनाका कारण आजकाल मानिसहरू खानेकुरामा विशेष ध्यान दिने गरेको पाइन्छ । आधुनिक खाना, प्याकिङ गरिएका जंक फुड र जिब्रोको क्षणीक स्वादका लागि मानिसहरूले खाने परिकारले मानव स्वास्थ्यमा असर पुर्याइरहेको छ ।

 

चिकित्सकहरु चिल्लो, पिरो, अमिलो लगायतका खाना नखान सुझाव दिने गर्छन् । चिकित्सकहरूले अहिले भन्ने गरेका कुरा सदियौ पहिले लेखिएका हाम्रा धर्मग्रस्थहरूमा लेखिएका छन् । सनातन हिन्दु धर्मको महत्वपूर्ण धर्मशास्त्र ‘गीता’मा मानीसले खान नहुने कुराको व्याख्या गरिएको छ ।

 

गीताको १७ औ अध्यायमा लेखिएको छ, ‘आयुः- सत्वबलारोग्य-सुखप्रीतिविवर्धनाः । रस्याः स्निग्धाः स्थिरहृद्याआहाराः सात्विकप्रियः।८।’ अर्थात् आयु, बुद्धि, बल, आरोग्य, सुख, प्रीति बढाउने, रसिला, चिल्ला, अडिला र खादा मन खुसी लाग्ने आहार सात्विक मनुष्यलाई मीठो लाग्ने हुन्छन् । ।।८।। पिरो, अमिलो, चर्को नुन भएको, साह्रै तातो, रुखो, जलन गराउने, दुःख शोक र रोग उत्पन्न गराउने खालका खानेकुरा राजसी प्रकृत्तिका मानिसलाई मीठो लाग्ने हुन्छन् ।

 

।।९।। गीतामा कस्तो प्रकृतिका मानिसलाई कस्तो भोजन मिठो लाग्छ भन्नेबारे ब्याख्या गरिएको छ । जुन भोजन आधा काचो, रस नभएको, दुर्गन्धयुक्त, बासी, जुठो र अपवित्र भएका हुन्छन, त्यस्तो भोजन तमासी प्रकृतिका मानिसलाई मीठो लाग्ने हुन्छन् ।।१०।। सात्विक मानिस देवताको पूजा गर्ने, राजसीहरु यक्ष र राक्षसहरुको पूजा गर्ने तथा तमासी मानिसले भूत, प्रेत र पिशाचादिको पूजन गर्ने कुरापनि लेखिएको छ ।