हामी सँधै स्त्रीहरुले निधारमा टिका वा विन्दी लगाएको देख्छौं । कुमकुम विन्दी पनि भनिने यो टिका किन लगाउने गरिन्छ भन्नेबारे भने धेरैलाई थाहा नहुन सक्छ ।

खासमा केटीहरुले निधारमा विन्दी लगाउने कारण त्यही हो जुन शास्त्रीय कारण अनुसार पुरुषहरु निधारमा चन्दन वा तिलक लगाउँछन् ।

bindi

शास्त्रका अनुसार कुमारी कन्याहरु नवदुर्गाकी प्रतिक मानिन्छन् । त्यसैगरी विवाहित महिला लक्ष्मी र गौरीका स्वरुप मानिन्छन् । यी दुवै चीर सौभाग्यका प्रतिक पनि हुन् ।

त्यसैकारण विवाहित महिलाहरुले निधारमा कुमकुम विन्दी लगाउँछन् भने अविवाहित केटीहरुले पनि निधारमा टिका लगाउने गर्छन् ।

यसो गर्दा सौभाग्य बढ्ने विश्वास गरिन्छ ।

ज्योतिष शास्त्र अनुसार पनि स्त्रीहरुमाथी शुक्र र चन्द्रको प्रभाव अत्याधिक हुन्छ । त्यसैकारण उनीहरुको मन चन्चल हुन्छ ।

निधारमा आज्ञा चक्रपनि हुने भएकाले त्यहाँ टिका वा विन्दी लगाउँदा स्वभाव सन्तुलित हुने विश्वास गरिन्छ । यसैकारण स्त्रीहरुले सदियौं देखि निधारमा टिका लगाउँदै आएका छन् ।