तपाईहरुले देख्नु भएको होला धेरै मानिसहरु बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन। यो धागोलाई जनै भनिन्छ। जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ।

हिन्द धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ।

जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ। तीन फेरोलाई क्रमश: ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ। धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।

janaiतपाईलाई थाहा नहोला तर वैज्ञानिक दृष्टिबाट जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ। यसले हृदय रोगको सम्भावनालाई कम गर्छ। चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियो सँग जोडिएको हुन्छ।

पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषको लागि दाँया कानमा जनई राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ।

कानमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्या बाट बच्न सकिन्छ। यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ।

यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ। त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।