madhav nepal sad६ चैत,काठमाडौ। एमाले पार्टीका पुर्व महासचिव माधव नेपाल, प्रधानमन्त्री पदको स्वाद समेत चाखिसकेका माधव नेपाल, आजकल एक्लिएका छन। उनको सक्रियता समेत अचानक घटेको छ, भने सार्वजनिक कार्यक्रमामा उनको उपस्थिति शन्य नजिके पुगेको छ । केही समय अघिसम्म निकै सक्रिय मानिने माधव नेपाल यतिखेर निष्क्रिय छन्।
फ्रान्सबाट आएयता नेता नेपालमा राजनिति प्रति वितृष्णा जागेको बताइन्छ। खिलराज रेग्मीको शपथग्रहणलाई  समेत नेता नेपालले बहिष्कार गरे। त्यस यता उनि चुपचाप बसेका छन्। बताइए अनुसार उनि एकान्तमा बसेर सोच्ने र घोत्लिने गरेका छन्। उनको अनुहार असाध्य पिडावोध छचल्किएको छ,  कहिले कहिं त मन हल्का पार्न एकान्त उुने समेत गरेको बताइन्छ।
प्रधानन्यायाधिशबाट खिलराजलाई राजिनामा दिन नलगाइ सरकारको नेतृत्व दिन नहुनेमा दह्रोसंग उभिएका थिए नेपाल। उनको आवाज  पार्टीले सुनेन् तर यत्तिकैमा उनि विरक्तिएका भने होइनन्। राजनितिमा हार जित सामान्य कुरा हो भनेर खूब जान्दछनन नेपाल।

संविधानसभामा हारेर पनि प्रधानमन्त्री पद जितेको उनले कहाँ भुलेका हुन् र ?
त्यसो उनलाई महासचिव इश्वर पोखरेल र सचिव शंकर पोखरेले पनि साथ नदिएका होइन् तर उनलाई चोट दिए उनकै भनेर चिनिने दुइ नेता भिम रावल र रघुजी पन्तले।
माधवकै बलमा वार्ता टोलीमा छिरेका नेता भिम रावल र रघुजी पन्तले नेता नेपाललाई लात हान्दै खनाल-ओलीको लाइन छिरेपछि नेपालको मन भक्कानिएको थियो । आफै लगानी गरेर तयार पारेका यी दइ नेताले एक कदम अघि सरेर एमाओवादीको प्रस्तावमा सहमत हुन खनाल र ओलीलाई उकासेको नेपालको बुझाइ छ। यसअघि नेता रावल र पन्तलाई बढि माया गरेको आरोपमा कयौं नेताले नेपाललाई छोडिसकेका छन् तर अहिले तिनै दुइले बाटो बदलेपछि नेपाल ठगिएको महसुस गरेका हुmadhav nepalन्।त्यसै नेपाल अरुलाइ गुन लगाउन नहुने मनस्थितिमा पुगेका छन् । इतिहास खोतल्दा पनि नेपालको खप्परमा धोका नै लेखेको थाहा हुन्छ, उनलै नेता बनाएका प्रकाश ज्वाला, गोकर्ण विष्ट, उर्मिला अर्यालले उहिलै बाटो तताइसकेका छन् भने माधव नेपालकै बलबुतामा नेता बनेका सुरेन्द्र पाण्डे, रामचन्द्र झा जस्ता नेता पनि नेपालसंग बोल्न आउँदैनन्।

केही समयअघि माओवादीबाट नेपालले एमाले छिराएका रविन्द्र श्रेष्ठ पनि केटी बोकेर फरार छन्। हाल धेरै जनजाती नेता समेत नेपालबाट बिच्किएका छन् । यसरी बज्रपात परेपछि नेपाल आजकल एक्लिएको महसुस गर्दैछन्, स्रोत बताउँछ।