आँप तपाई हामी धेरैलाई मन पर्ने फल हुनसक्छ । गर्मी महिनाको आगमनसँगै बजारमा आँप पनि देखिन थालेका छन् । तर, अहिले आएका आँप भने औषधी प्रयोग गरेको पकाइएका हुनाले ती आँपको प्रयोगले फाइदा भन्दा बढी बेफाइदा गर्छ । स्वस्थ आँपको प्रयोगले मानव शरिरलाई निकै फाइदा पुर्याउँछ । आँपले स्वास्थ्यमा गर्ने फाईदाबारे गरिएको एक अनुसन्धानले आँपले गर्ने विभिन्न फाइदाहरू पत्ता लगाएको छ । आँपले मानिसको आँखाको ज्योती नष्ट हुन नदिने, क्यान्सरबाट बचाउने जस्ता अन्य विभिन्न फाइदाहरूका बारेमा विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

के-के छन् त आँप खानुका फाईदा ?

१. क्यान्सर निरोधक: आँपमा पाइने एण्टीअक्सिड भिटामिन च र फाइबरले क्यान्सरको जोखिमलाई कम गर्छ ।

२. आँखाको ज्योति: आँपमा हुने भिटामिन ए का कारण आँखाको ज्योतीलाई नष्ट हुन दिँदैन् । साथै आँखा चिलाउने तथा पोल्ने समस्याबाट पनि छुटकारा दिन्छ ।

mango

३. गर्मीबाट राहत: आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ ।

४. रगतको मात्रामा बृद्धि: रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँफले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ ।

५. सेक्स हर्मोन बढाउन: आँपमा रहेको भिटामिन ई कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ ।

६. मोटोपन बढाउन: आँपले मोटोपन घटाउने तथा बढाउने दुवै काम गर्न सक्छ तर यसका लागी यसको उचित प्रयोग गर्नुपर्ने हुन्छ । यदी आँपलाई दुधसँग खाने गरेका मोटोपन बढाउन मद्धत गर्छ ।

. स्मरण क्षमतामा बृद्धी गर्न: आँपमा पाइने ग्लूटामिन नामक एसिडले मानिसको स्मरण शक्ति बढाउन मद्दत गर्छ । उकत एसिडले ब्लड सेललाई सक्रिय बनाइराख्छ ।
८. शारीरिक सुन्दरता: आँपको गुदी छालामा लगाउने गर्नाले छाला मुलायम र चमकदार हुन्छ ।

९. मधुमेह: आँपको पात पनि स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिन्छ । आपँको पातको उचित प्रयोगले मधुमेह कम ग्रन मद्धत गर्छ । ५-६ वटा पात उमालेर त्यसलाई अलिअली चिसोमा रातभर राख्ने र त्यसको पानी बिहान सबेरै खाने गरे शरिरमा रहको इन्सुलिनको मात्रा कमी भई मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

१०. पाचन पक्रिया: आँपमा हुने फाइवरका कारण पाचन प्रक्रियालाई समेत फाइदा पुर्याउँछ । यसले प्रोटिनको मात्रालाई कमी गराउने समेत गर्छ।

११. अम्लिय पदार्थको सन्तुलन: आपँमा हुने टारटारिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरिरमा रहेको अम्लिय पदार्थलाई निस्तेज पार्न सहयोग गर्छ ।

१२. कोलस्टेरोलको मात्रा नियन्त्रण: आँपमा पाइने भिटामिन सी, पेक्टिन र फाइबरले शररिमा हुने सेरम कोलेस्टोरेललाई कमी गर्न मद्दत गर्छ ।