walkहामीमध्ये प्राय सकेसम्म हिड्नबाट जोगिन खोज्छौ । सकेसम्म हिड्न नपरे हुन्थ्यो भन्ने हाम्रो सोचाई हुन्छ । तर, हिड्दा हुने फाइदाका बारेमा जानकारी हासिल गरिसकेपछी भने सायद तपाई हामी मध्ये धेरैले ओहो भन्नु हुनेछ । हो हिड्नुका धेरै फाइदा छन् । हिड्नुले तपाईको शरिरका मांशपेशी बलियो बनाउनुका साथै तपाईको शरिरको अनाश्वयक मोटोपन अर्थात् बोसोलाई पनि कम गर्न मद्धत गर्छ । 
हिड्नुका अन्य धेरै फाइदाहरू छन्, ती यस्ता छन्…

– दैनिक रूपमा एकरूपले हिड्ने गर्दा मांशपेशी बलियो हुन्छ र तपाईको शरिरमा शक्ति यथावत् राख्न मद्धत गर्छ । 

– दैनिक रूपमा हिड्दा मुटुलाई समेत फाइदा पुर्याउँछ । हिड्दा शरिरको रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ साथै तपाईको शरिरमा रगतको प्रवाहलाई नियमित सही ढंगले गर्न मद्धत गर्छ । 

– हिड्दा हाडलाई समेत निकै फाइदा पुग्छ । हिड्नुले हाडलाई बलियो बनाउन मद्धत गर्दछ । 

– दैनिक ३० मिनेट हिड्ने गर्दा बोनको घनत्वलाई बढाउँछ र खुट्टामा हुने हाडको समस्यालाई कमी ल्याउँछ । यसले स्पाइनल कर्ड, खुट्टा र हिपलाई समेत फाइदा गर्छ । 

– हिडाईले मानसिक अवस्थालाई समेत राम्रो बनाउन मद्धत गर्छ । हिड्दा बाहिरको ताजा हावा र व्यायामका कारण तपाईको मष्तिष्कलाई सन्तुलित बनाउँछ । हिडाईले तपाईको सोचाई र काम गर्ने चाहनालाई फाइदा पुर्याउँछ । 

– हिडाईले टाइप-२ रोगहरूबाट जोगाउँछ । हप्तामा १ सय ५० घण्टा हिड्ने गरे मधुमेहबाट समेत केही बच्न सकिन्छ । 

– हिडाईले क्यान्सरबाट समेत जोगाउन मद्धत गर्छ । 

– विज्ञहरूका अनुसार दौडनु भन्दा हिड्नु फाइदा जनक हुन्छ ।