angry.coupleदाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामा
 
विश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै
 
पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ ।
 
 
महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारले
 
महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि
 
आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ
 
। 
 
ती व्यवहार के के हुन् त
 
१. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन
गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ । 
 
 
२. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् ।
 
उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ । 
 
 
३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून्
 
आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो । 
 
 
४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो
 
अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ । 
 
 
यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय
 
हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन
 
।