almondअहिलेको मौसम जाडोको मौसम हो । जाडो याममा जाडोबाट बच्नका लागि हामी निकै धेरै कुराहरू विचार पुर्याउँदै सकेसम्म न्यायो कपडा लगाउने तथा तातो चीजहरू खाने गर्छौ । जाडोमा जाडो अनुसार नै आफ्नो शरिरलाई ढाल्न सके बिरामी हुने सम्भावना कम हुन्छ ।

यस्तै, जाडो याममा हामीले खाने खानामा विषेश ध्यान दिन सके जाडोबाट बच्न निकै सहज हुन्छ । जाडोमा खानपानमा विषेश ध्यान दिन सक्दा जाडोका कारण बिरामी हुन सक्ने सम्भावना निकै कम हुन्छ ।

थाहा पाऔ के-के खाने जाडोबाट बच्न…
– बदामः बदामका धेरै गुणहरू छन् । बदामको नियमित सेवन गर्नाले अनेक बिरामीबाट बच्न सकिन्छ । बदामको सेवनले मानसिक रूपमा सबल बनाउँछ । यसको प्रयोगले कब्जियतको समस्या कमी हुन्छ, यो समस्या जाडोमा निकै बढी हुने गर्छ । बदाममा मधुमेह नियन्त्रित गर्ने गुण पनि हुने हुनाले मधुमेहका लागि समेत फाइदाकर हुन्छ । यसमा भिटामिन-ई समेत भरपुर मात्रामा पाइन्छ ।

– अदुवाः नियमित रूपमा अदुवाको प्रयोगले निकै फाइदा पुर्याउँछ । जाडो याममा अदुवाको प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । यसले शरिरलाई तातो बनाउनका साथै पाचन प्रणालीलाई समेत फाइदा पुर्याउँछ ।

– महः शरिरलाई स्वस्थ, निरोगी र बलियो बनाउनका लागि महको प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । हुन त महको सेवन गर्नु हरेक समय फाइदाजनक हुन्छ, यसले पाचन प्रक्रियालाई महले सुधार गर्छ र शरिरको प्रतिरक्षा प्रणालीलाई समेत निकै फाइदाजनक हुन्छ ।

– सब्जियाः आफ्नो खानामा सकेसम्म हरियो सागसब्जी प्रयोग गर्नु निकै फाइदाकर हुन्छ । हरियो सागसब्जीले शरिरको प्रतिरोधक क्षमताको विकास गर्न मद्धत गर्छ भने शरिरमा तातोपना समेत प्रदान गर्छ । जाडो याममा मेथी, गाजर, पालक, लसुन, बथुवा आदी खाने गर्नु राम्रो मानिन्छ । यसले शरिरलाई निकै धेरै उर्जा दिन्छ ।

– तिलः जाडोमा तिलको प्रयोगले शरिरलाई उर्जा प्रदान गर्ने गर्छ । तीलको तेल लगाएर शरिरमा मालिस गर्दा चिसोबाट बच्न सकिन्छ । तिल र मिश्रीको काढा बनाएर खानाले खोकीमा जम्मा भएको कफ समेत शरिरबाट बाहिर निकाल्छ ।