lisa६ साउन, एजेन्सी । कुनै महिलाले आफ्नो पति कुनै परस्त्रीसँग रात बिताइरहेको छ र त्यो पनि आफ्नै कानले परस्त्रीसँग यौन आनन्द लिइरहेको थाहा पाउँदा ती महिलालाई कस्तो लाग्ला । पतिले फोन गर्छन्, फोन उठाउँदा फोनमा पतिसँग कुरा नभइ पतिले परस्त्रीसँग गरिरहेको घिनलाग्दो हर्कतबारे सुन्दा ती महिलाको मनमा पुग्ने चोट कस्तो होला ? त्यो सायद सामान्य मानिसले कल्पना पनि गर्न सक्दैन ।

यस्तै घटना भोगेकी छिन्, एक महिलाले । पति घर आउने आशमा बसेकी २८ वर्षकी लिसाको मोबाइलमा पतिको साटो फोन आउँछ । जब उनले फोन उठाउँछिन्, तब पतिले उताबाट केही बोल्दैनन् । पतिले केही नबोलेपछी झूक्किएर फोन लागेको होला भन्दै काट्न खोज्दा अर्को कुनै महिलाको आवाज उनले सुन्छिन्, र उनले काट्न लागेको फोन समेत नकाटी कुरा सुन्छिन् । तर, जब उनले फोनमा आफ्नो पति अर्कै महिलासँग रहेको र उनीहरू पति-पत्नीबीच हुने सम्बन्ध कायम गरिरहेको थाहा पाउछिन् उनी स्तब्ध हुन्छिन् । पति र ती परस्त्रीबिचको कुराकानी, चुम्बन, तथा अन्य आवाजहरू उनले करिब तिन घण्टासम्म फोनमा सुनिरहन्छिन् र फोन काट्छिन् ।

यसपछि उनी निकै तनावमा रातभर बस्छिन् र उनले आफूले के गर्दा ठीक हुन्छ भन्ने सोच्छिन् । यस्तो अवस्थामा उनले पतिलाई छआड्ने निर्णय समेत गर्छिन् । पतिलाई छाडेर एक्लै बस्ने उनले निर्णय गर्छिन् र भोलिपल्ट उनले आफ्ना छोराछोरीलाई उनको आफन्तकहाँ पठाउँछिन् ।

यसैबीचमा पति घर आइपुग्छन् र आफू रातभर अफिसको पार्टीमा रहेको बताउँछिन् त्यही बेला लिसाले आफूले गयराती सुनेको घटना बताउँदा उनका पति २९ वर्षीय डेभिड छक्क पर्छन् र आफ्नो मोबाइलको कल डिटेल हेर्दै भुईतिर हेर्दै लिसाका अगाडि उभिन्छन् ।

लिसाले यता ती पतिसँग रात बिताएकी महिलाको नम्बर पत्ता लगाएर फोन गर्छिन् । पहिले त उनले कुरा गर्न मान्दिनन् तर लिसाले कर गरेपछी उनले आफूहरू करिब एक वर्षदेखि सँगै सुत्ने गरेको स्विकार गर्छिन् । आफुहरू सँधै बुधबार सँगै सुत्ने गरेको खुलासा ती युवतीले गर्छिन् ।

यति सबै कुरा थाहा पाएपछी लिसाले आफू डेभिडको साथमा बस्न नसक्ने भन्दै छुट्टिने निर्णय नै गर्छिन् ।