woman with mobile leaving her partnerआजकल मानिसहरू प्रविधीमा निकै व्यस्त रहन्छन् । प्रविधीको प्रयोगका लागि मानिस हरपल तयार रहन्छ र सकेसम्म प्रविधीमा नै आफ्नो दिनचर्या बिताउन चाहनेहरुको संख्या निकै नै बढेको छ । हरेक सूचना, मानिससँगको मित्रतालगायतका अन्य धेरै अवस्थामा प्रविधीले मानिसलाई सहज बनाएको छ ।

यहाँसम्म की प्रविधीका कारण मानिसले आफ्नो दैनिक जीवनयापन समेत धेरै परिवर्तन गरिसकेका छन् । प्रविधीको प्रयोगका कारण अहिले मानिसमा सेक्सको चाहना समेत घट्दै गएको रिपोर्टहरुले देखाउन थालेका छन् । मानिसहरू सेक्सका विषयमा भन्दा प्रविधीका विषयमा बढी सोच्ने र पहिले सेक्सको लागी प्रयोग गरिने समय समेत प्रविधीमा बढी प्रयोग गर्न थालेका छन् ।

भर्खरै प्रकाशित गरिएको एक रिपोर्टमा भनिएको छ, विषेशगरी अमेरिकी महिलाहरू सेक्स बिना रहन सक्ने तर मोबाइल बिना रहन नसक्ने अवस्थामा पुगिसकेका छन् ।

इन्टरनेट सेक्युरिटी एण्ड आप्टिमाईजेशन कम्पनी एबीजी टेक्नोलजिजको एक सर्वेले अमेरिकी महिलाहरुलाई सेक्स या स्मार्टफोन रोज्न लगाए धेरैले स्मार्टफोन रोज्ने बताए । तर, यही प्रश्नमा फ्रान्सका महिलाहरूमध्ये ४० प्रतिशत महिला भने सेक्सलाई पहिलो चाहना ठान्छन् । फ्रान्सेली कतिपय महिलाहरूले आफू स्मार्टफोनबिना बाच्न सक्ने तर सेक्स बिना बाच्न नसक्ने बताए ।

यस्तै, ब्राजिलका महिलाहरूमध्ये ४४ प्रतिशत महिलाले सेक्सलाई भन्दा मोबाइल नै रोजे ।

गत अप्रिलमा गरिएको सर्वेक्षणमा अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, जर्मनी, ब्राजिल लगायतका देशका करिब ४ हजार महिलाहरूको सहभागिता थियो । यस सर्वेक्षणमा धेरै महिलाले सेक्सलाई भन्दा स्मार्टफोनलाई रोजेको पाइएको थियो ।