coupleमहिलाहरू आफ्नो जीवनसाथी या प्रेमीबाट सकेसम्म धेरै माया पाउने आशा राख्ने गर्छन् । आफ्नो जीवनसाथी या प्रेमीबाट महिलाले सकेसम्म आफ्नो बारेमा चिन्ता गरोस्, आफ्नै लागी धेरै समय छुट्टयाओस् भन्ने चाहना राख्ने गर्छन् । महिलाका इच्छाहरूलाई पुरा गर्न नसक्दा उनीहरू दुःखी हुन्छन् भने तपाईबाट टाढिँदै जान्छन् । पुरूषले महिलाको भावनालाई बुझेर व्यवहार गर्न सके, महिलाहरू खुसी हुन्छन् ।

 

आखिर महिलाले आफ्नो जीवनसाथी या प्रेमीसँग के चाहन्छन् ? के हुन् ती १० सामान्य कुरा जसले महिलालाई खुसी राख्ने गर्छ ?

– सकेसम्म महिलासँग कुरा गर्ने । महिलाहरूले पुरूषबाट आफ्ना सबै समस्याको समाधान चाहेका हुँदैनन् तर, आफ्ना कुरा सुनेर आफूलाई साथ दिए उनीहरू खुसी हुन्छन् ।

 

– महिलाहरू सकेसम्म आफूलाई मेसेज गरिरहने, फोन गरिरहने, बेला-बेलामा कार्डहरू पठाउने, साथमा घुम्न जाने गरे पनि खुसी हुन्छन् र उनीहरू सकेसम्म आफ्नो जीवनसाथी या प्रेमी सधै साथमा होस् भन्ने चाहना राख्ने गर्छन् ।

 

– उनीहरू पुरुषबाट सकेसम्म आफू सुरक्षित भएको महशुस गर्न चाहन्छन् । उनीहरूलाई पुरूषले सकेसम्म आफ्नो साथमा रहँदा सुरक्षित हुने आभाष दिलाउन सकोस् भन्ने चाहना महिलाहरुमा हुन्छ । तर यी कुरा महिलाले व्यक्त भने गर्ने गर्दैनन् ।

 

– आफूहरूलाई महिला भनेर हेप्ने नभई समान व्यवहार गरून् भन्ने इच्छा महिलाहरूको हुने गर्छ । महिलालाई होच्याउने, उनीहरूलाई तत्लो स्तरमा राख्न खोज्ने पुरूषलाई उनीहरू मन पराउँदैनन् ।

 

– महिलाहरूका हरेक साना कुराहरू विचार राखोस् भन्ने चाहना पनि महिलाहरूमा रहेको हुन्छ । उनीहरूको जन्मदिन, अन्य महत्वपूर्ण समयहरू सम्झेर उनीहरूलाई शुभकामना दिने या उपहार ल्याइदिने या अन्य कुनै माध्यमबाट आफूले उनको बारेमा ख्याल राखेको जानकारी दिन सकोस् भन्ने चाहना महिलामा हुन्छ ।

 

– आफूहरू सकेसम्म राम्री भएर बाहिर निस्किन रूचाउँछन् महिलाहरू । तर, पुरूषहरू भने आफ्नो साथमा रहेका बेला महिलालाई अरूले नहेरोस् भन्ने चाहना राख्छन् । यसका लागि पुरूषहरू सकेसम्म महिलालाई राम्रो बन्ने, राम्रा लुगा लगाउने विषयमा त्यति ध्यान नदिन दवाव दिइरहेका हुन्छन् । यस्तो कार्यले उनीहरूलाई नराम्रो लाग्न सक्छ । अन्य पुरूषले हेर्दा पनि केही फरक नपरेको देखाउँदै आफ्नी प्रेमीका या जीवनसाथीसँग हिडोस् भन्ने चाहना उनीहरूमा हुने गर्छ ।

 

– महिलाहरूलाई पुरूषले प्राय विभिन्न किसिमका कसमहरू खाने गर्छन् । तर, ती कसमहरू पुरा गर्ने गर्दैनन् । यस्ता कार्यले पनि महिलाहरूलाई दुःखी बनाउँछ । सकेसम्म कसम पुरा गर्ने पुरूषलाई महिलाले रूचाउने गर्छन् ।

 

– महिलाहरू पुरूषबाट प्राय रोमान्टिक गफ, सपनाका कुरा, साथमा खाना खाने जस्ता कार्यहरू रूचाउँछन् । उनीहरूलाई सकेसम्म रोमान्टिक गफ, सपनाका कुरा गरेर खुसी बनाउने र साथमा खाना खाने गरे उनीहरू खुसी हुन्छन् ।

 

– महिलाहरुलाइ पनि विभिन्न खेल मन पर्न सक्छ । सधै आफ्नो इच्छा अनुसार मात्र खेलहरू नहेरेर आफ्नो इच्छा लागेका खेलहरू पनि पुरूषसँग बसेर हेर्ने इच्छा महिलामा हुन्छ ।

 

– महिलाहरू आफ्नो भावनाको कदर गरेर सोही अनुसारको व्यवहार पुरुषबाट पाउने आशा राख्ने गर्छन् ।