२० बैशाख, काठमाडौ । आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसको अबसरमा पत्रकार महासंघले विहान राजधानीमा प्रभातफेरी आयोजना गर्दैछ । राजधानीको भृकुटी मण्डपवाट सुरू भएको प्रभातफेरी शहरका विभिन्न भागको परिक्रमागरी भृकृटी मण्डपमै आएर टुङ्गिने छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष यशोदा तिम्सिनाले विज्ञप्ती प्रकाशितगरि पछिल्लो समय नेपाली प्रेसमाथिको आक्रमण बढ्दो रहेको बताएकी छन् । सभापति शिव गाउले देश बाहिर रहेका कारण उपाध्यक्षले सन्देश प्रकाशित गरेकी हुन् ।