१४ असार, भोजपुर ।
वर्षात्को कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई यहाँका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।
संयुक्त वस व्यवसायी सङ्घले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै आजदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो । सङ्घले बिरामी बोकेको साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ ।
मेस्सीको सन्यासः सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया (फिचर)
सङ्घका अध्यक्ष गोपाल तामाङले वर्षात्को कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुृर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभाबी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको बताउनुभयो ।
प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनःसञ्चालन गर्न तत्काल पहल गरिने बताए ।
उत्तर कोरियाबाट भागेकी युवतीको दर्दनाक कथा (भिडियो)
व्यवसायीको अनिश्चितकालीन यातायात बन्दका कारण भोजपुरबाट अन्यत्र जाने यात्रु त मारमा परेका छन् नै बिरामी तथा बिरामीका आफन्तलाई झन् समस्या परेको छ । भोजपुरमा हवाई उडान पनि नियमित नहुँदा यात्रुहरु मारमा परेका छन् । रासस
मेस्सीको जीवनको १० रोचक तथ्यः जुन तपाइँलाई थाहै थिएन