२८ साउन, काठमाडौं । अमेरिकी दुतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपले एक ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।

भिसाका लागि समन्वय गरेको सन्दीपले अमेरिकी दुतावासलाई धन्यवाद दिएका छन् । यस्तै उनले आफ्ना फ्यान र सरोकारवाला निकायलाई साथ र सहयोगको लागि पनि धन्यवाद व्यक्त गरेका छन् ।

यसअघिको ट्वीटमा जस्तै सन्दीपले अहिलेको ट्वीटमा पनि प्रधामन्त्री, परराष्ट्र मन्त्रालय, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेल्लो सरकारलाई मेन्सन गरेका छन् ।

यसअघि मंगलबार बिहान दुतावास पुगेका उनको भिसा अस्वीकार गरेको थियो । त्यसपछि उनले ट्वीट गर्दै आफ्नो भिसा अस्वीकार गरेकोमा आश्चर्य जनाएका थिए । उनको ट्वीट भाइरल भएसँगै दुतावासले पुनः दुतावास बोलाएको थियो ।