८ असार, काठमाडौ ।

गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचार विरुद्धको हुने बताएका छन । आफु उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकीर गर्दै मन्त्री शर्माले देशलाई समृद्ध बनाउने बाहेक अरु कुनै लक्ष्य न भएको बताए ।

बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे । उनले स्थानीय तहमा भ्रष्टाचार हुन न दिने बताउदै १५ वर्षमै नेपाललाई धनी देश बनाउन् सकिने बताए ।

यसैगरी प्रहरी भित्र रहेका समस्याहरु समाधान गरेर जनतालाई ढुक्क भएर जीवन जिउने वातावरण तयार पार्ने उनको भनाई थियो ।

“संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण छ,” उनले भने “हाम्रा स्थानीय प्रतिनीधीहरु जनताका कामदारका रुपमा काम गर्ने छन ।”