२४ कात्तिक, काठमाडौं ।

अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपतीय चुनावको नतिजा आउने क्रम जारी छ । शुरु देखि लिड गरेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हिलारी भन्दा बढी इलेक्टोरल कलेजमा जित हात पारेका छन् ।

भारत र पाकिस्तानबीच भिषण युद्धको भविष्यवाणी भाइरल

यो समाचार तयार पार्दा सम्मको पछिल्लो परिणाम अनुसार हिलारीले १९७ इलेक्टोरल भोट प्राप्त गर्दा ट्रम्पले २१६ सहित अग्रता लिइरहेका छन् । अमेरिकामा सबै जसो मुलधारका मिडिया, राजनीतिक पण्डित र विश्लेषक हिलारीको पक्षमा वकालत गरिरहेको भएपनि ट्रम्पले वाजी मार्दा ती सबै एकै पटक फेल हुने भएका छन् ।

hilari-trump-vote-table

अमेरिकाको ६६ औँ राष्ट्रपतिका लागि गरिएको निर्वाचनको यो नतिजा ट्रम्पको पक्षमा जाने देखिएपछि अमेरिकाका मुलधार मिडिया, राजनीतिक विश्लेषक लगायत अचम्मित भएका छन् ।

फ्लोरिडा, ओहाइयो जस्ता मुख्य प्रतिस्पर्धा रहेका राज्यमा पनि हिलारी पछि परेपछि ट्रम्प जितको दिशामा रहेको विश्लेषण शुरु भएको छ । ट्रम्पले मिशिगन र विस्कोन्सिनमा पनि जित हात पारेमा उनी राष्ट्रपति बन्ने सम्भावना उच्च भएको विविसीले जनाएको छ ।

हिलारी र ट्रम्पमा जसले जिते पनि कतिपय रेकर्ड बन्नेनिश्चित भइसकेकोछ । पछिल्लो मत सर्वेक्षणले ट्रम्पलाई हिलारीले झिनो मतले उछिन्ने देखाएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा यसपटकको निर्वाचनलाई निक्कै विवादास्पद बताइन्छ । हिलारी र ट्रम्पले एक अर्कालाई लगाएको व्यक्तिगत आक्षेपले यसलाई विवादास्पद बनाएको हो ।

निर्वाचन मार्फत बन्ने निश्चित भएको यी ६ रेकर्डः –

१) राष्ट्रपतिमा महिला उम्मेदवारः– हिलारीले जिते अमेरिकाले पहिलो पटक महिला राष्ट्रपति पाउनेछ । उनी मुख्य पार्टीको पहिलो महिला उम्मेदवार पनि हुन् । यसअघि सन् २००८ मा रिपब्लिकन उम्मेदवार जोन मैक्केनले उपराष्ट्रपतिमा सारा पोलिनलाई छानेका थिए तर, उनी चुनाव हारे ।

२) न्यूयोर्कसंगको साइनोः– सन् १९४४ पछि पहिलो पटक दुवै मुख्य पार्टीका उम्मेदवार न्यूयोर्ककै हुनु । त्यतिबेला न्यूयोर्ककै फ्रेंकलिन डी रुजवेल्ट र थोमस इ डिवेवीच प्रतिष्पर्धा भएको थियो । ७१ वर्षपछि कुनै न्यूयोर्कका वासिन्दा राष्ट्रपति हुनेछन् ।

३) उमेरको रेकर्डः – ट्रम्पले जिते सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन् भने हिलारीले जिते दोश्री बढी उमेरकी राष्ट्रपतिमा दरिने छिन् । रोनाल्ड रेगन ६९ वर्षमा राष्ट्रपति भएका थिए । ट्रम्पले १४ जुनमा ७० औं जन्मदिन मनाउँदै छन् । हिलारी २६ अक्टुवरमा ६९वर्ष पुगिन । उनले १८४१ मा राष्ट्रपतिबनेका विलियम ह्यारिसनको रेकर्ड तोडनेछिन् । विलियम अमेरिका वाहिर जन्मेका अन्तिम राष्ट्रपति थिए ।

४) धनको रेकर्डः – ट्रम्पले जिते सन् २००० पछि सबैभन्दा कम चुनावी खर्च गर्ने राष्ट्रपति हुनेछन् । ८० करोड डलर चुनावी खर्च गरेका ट्रम्पले ५० करोड आफ्नै खल्तीबाट हालेका हुन् । हिलारीको चुनावी खचै १.३ अरब डलर पुगिसकेको बताइन्छ ।

५) हिलारीले जिते डेमोक्र्याट्सको लामो शासनको रेकर्डः– हिलारीले जिते १८० वर्षपछि एउटा डेमोक्र्यास् राष्ट्रपतिले अर्कालाई पद हस्तान्तरण गर्नेछन् । यसअघि दुई पटक यस्तो भएको छ । १८६१ मा अन्तिमपटक यस्तो भएको थियो ।

६) अनुभवको माम्लोः – ट्रम्पले जिते ६० वर्षपछि यस्ता व्यक्ति राष्ट्रपति हुनेछन् जो कहिल्यै गर्भनर वा सांसद भएनन् । जबकी ४० वर्षे अनुभव भएकी हिलारीले जिते खान्दानी सक्रियताको रेकर्ड बन्नेछ ।

ट्रम्पले एक रातका लागि १० हजार डलर अफर गरेका थिए- पोर्न स्टार