२० वैशाख, एजेन्सी ।
अफगानिस्तानको कावुलस्थित अमेरिका र नेटोको कार्यालय नजिकै आत्मघाती हमला भएको छ । उक्त हमलामा ८ जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना घाइते भएको बताइएको छ ।
काबुलको पिडी ९ स्क्वायरमा भएको उक्त आक्रमण नेटो कार्यालयलाई निशानामा बनाई गराइएको थियो ।
रिउटर्सका अनुसार हमला बुधबार विहान गराईएको थियो । साथै उक्त हमलामा कैयौ नागरिकका सवारी साधन नष्ट भएका छन् ।
यसअघि तालीवानले २२ अप्रिलमा गराएको बम आक्रमणमा १४० अफगानिस्तानी सैनीकको मृत्यु भएको थियो ।