९ साउन, वासिङटन ।

टर्कीले अमेरिकी युद्धक विमानलाई टर्की प्रवेशका लागि अनुमति दिएको छ । वासिङ्टनबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ ।

टर्की सरकारले टर्कीको सैन्य केन्द्रलाई सो सैनिक केन्दै खोल्न दिने अनुमति प्रदान गरेको बताइएको छ । टर्कीमा बढ्दो रुपमा रहेको इस्लामिक स्टेट, आइएसको हिंसा अन्त्यको कारबाहीका लागि अमेरिकी सैनिकलाई अनुमति दिएको हो ।

दक्षिणी टर्कीको किलिस् प्रान्तमा शुक्रबारदेखि टर्कीको सेनाले बिहानैदेखि आइएस आतङ्ककारी समूहलाई लक्ष्यगरी टर्कीज एफ¬¬–१६ एस यद्धक विमानबाट हवाई आक्रमण सुरु गरेको छ ।

शुक्रबार बिहानबाट सुरु भएको सो कारबाहीमा परी कम्तीमा ३५ आतङ्ककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमले शुक्रबार सो जानकारी दिएका छन् ।

American-fighter-jets101

यस विषयमा यी दुई देशबीच सहमति भएको बताइएको छ । गत बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र टर्कीस् राष्ट्रपति रेसिप तायप एर्दोग्यानबीच यस विषयमा फोनवार्ता भएको थियो ।

सो वार्ताका क्रममा टर्कीमा जारी रहेको आइएस विरोधी क्रियाकलापको विरुद्धमा अमेरिकी सेनाले टर्कीमै रहेर क्रियाकपाल गर्न पाउने विषयमा सहमति भएको हो ।

यसका लागि अमेरिकी सेनाले अब आफुलाई पायक पर्ने टर्कीका सैनिक केन्द्रहरुको प्रयोग गर्न पाउने भएको छ । टर्कीमा अमेरिकी सेनाले आइएस विरोधी क्रियाकलाप सञ्चालन गर्न पाउने भएको छ ।

शुक्रबारै सिरियानजिकै किलिस् प्रान्तकोे सेभे गाउँको बब क्षेत्रमा तीन टर्कीज एफ¬¬–१६ एसले आइएसका विरुद्ध हवाई कारबाही गरेका थिए ।

टर्कीको युद्धक विमानले सिरियाभित्र शुक्रबार पहिलो पटक इस्लामिक स्टेट जिहादीको विरुद्ध बमबारी सुरु गरेको हो ।

शनिबार पनि आक्रमण सुरु
यसैबीच स्तानबुलबाट प्राप्त एक समाचारअनुसार शनिबार पनि टर्कीको युद्धक विमानले हमला सुरु गरेका छन् । ती सैनिकले शनिबार टर्कीका विभिन्न क्षेत्रमा सो हमला थालेका बताइएको छ ।

राजधानी वरपरका क्षेत्र जहा आइएसका लडाकूहरुको आश्रय रहेको आशङ्का गरिएको छ ती स्थानहरुमा सैनिकले आक्रमण थालेको बताइएको छ ।

आजैदेखि अमेरिकी सेनाले ती आक्रमणहरुको समन्वय प्रदान गरिरहेको बताइएको छ । शुक्रबार हवाई अतिरिक्त स्थल कारबाही पनि भएको र सयौं जना आइएसका लडाकू पक्राउ परेका जानकारी दिइएको थियो । रासस÷एएफपी÷सिन्हवा