३ मंसिर, एजेन्सी । अर्जेन्टिना र उरुग्वेबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ । लियोनल मेस्सीले खेलको अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिनाले उरुग्वेलाई बराबरीमा रोकेको हो । 

इजरायलमा भएको खेलमा उरुग्वेका लागि इडिन्सन कभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि सर्जियो एगुएरो र लियोनल मेस्सीले गोल गरे । ३४औं मिनेटमा कभानीले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । ६३औं मिनेटमा एगुएरोले मेस्सीको पासमा गोल गर्दै खेल बराबरीमा पुर्यारए ।

६८औं मिनेटमा स्वारेजले फ्रिकिकमार्फत गोल गर्दै उरुग्वेलाई फेरि अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा अर्जेन्टिनाले पेनाल्टी पायो । सो पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्या ए । प्रतिबन्धपछि फर्किएका मेस्सीको दुई खेलमा लगातार दोस्रो गोल हो । यसअघि अर्जेन्टिनाले ब्राजिललाई हराउँदा मेस्सीको गोल निर्णायक बनेको थियो । यसअघि उरुग्वेले भने हंगेरीलाई हराएको थियो ।