१ असोज, काठमाडौं ।
सरकारले संविधान जारी हुने दिन असोज ३ गते र अर्को दिन असोज ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले विदाको औपचारिक निर्णय गरेको हो ।
२ गते शनिबार परेकाले लगातार तीन दिन सार्वजनिक विदा हुन पुगेको छ ।
संविधान जारी गर्ने दिन दीपावली गर्न प्रमुख राजनीतिक दलहरुले आह्वान गरिसकेका छन् ।