९ मंसिर, काठमाडौं । अस्ट्रेलिया बस्दै आएका नेपाली गायक सञ्जिव पराजुलीले अवार्ड हात पारेका छन् । जापानमा भएको सुर्य इन्टरनेशनल अवार्डमा उनले पपतर्फको उत्कृष्ठ पुरुष आवाजमा अवार्ड जितेका हुन् । उनले ‘कर्के नजर’ बोलको गीतबाट उक्त सफलता हाँसिल गरेका हुन् ।

यस्तै पपतर्फको उत्कृष्ठ महिला आवाज पनि सञ्जिवकै गीतले हात पारेको छ । ‘कर्के नजर’ गीतको महिला आवाज गाएकी टिका प्रसाईंले कर्के नजर गीतबाटै अवार्ड हात पारेकी हुन् । सञ्जिवले यसअघि ‘नाइ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘सोचमा’ लगायतका गीतहरु बनाइसकेका छन् ।

‘नाई मलाई थाहा छैन’ बोलको गीतमा सञ्जिवसँगै टिका प्रसाईंको स्वर छ, जसलाई युट्युबमा आजसम्म ४० लाखभन्दा धेरैपटक हेरिसकिएको छ । पराजुली अस्ट्रेलियामा बसेता पनि उनी नेपाली संगीत क्षेत्रमा सक्रिय छन् ।

दोस्रो संस्करणको सुर्य इन्टरनेशनल अवार्डका लागि लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए । मह जोडी, नीर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, दीपाश्री निरौला, स्वेता खड्का, सरिता लामिछाने, ऋषि लामिछाने लगायत त्यहाँ पुगेका थिए । यो लस्करमा मिसिएर चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई पनि जापान पुगे । उनले अवार्ड पाएकाे गीतकाे भिडियाे हेर्नुहाेस् ।