एजेन्सी ।
भारतीय क्रिकेट लिग प्रतियोगिता इण्डियन प्रिमिरय लिगमा भएको स्पट फिक्सिङ र सट्टेवाजीको आरोप लागेका राजस्थान रोयल्सका मालिक राज कुन्द्रा र चेन्नाइ सुपरकिङ्ग्सका गुरुनाथ मयप्पनलाई आजीवन प्रतिबन्ध लागेको छ ।
यो मुद्धाको फैसला गर्न बनेको प्यानलले उनीहरुमाथि प्रतिबन्धको घोषणा गरेको हो । अव उनीहरु कुनै पनि प्रकारले क्रिकेटमा जोडिन पाउने छैनन् ।
उनीहरुमाथि सट्टेवाजी र स्पट फिक्सिङका लागि भूमिका खेलेको आरोप पुष्टी गर्दै प्यानलले यस्तो फैसला गरेको हो ।