२४ माघ, काठमाडौं । बागलुङको अधिकारीचौरमा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ । गोठमा आगलागी हुँदा ७ बर्षीय यमलाल विक र उनकी ३ वर्षीया बहिनी सम्झनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
आमा घाँस काट्न जाँदा उनीहरु बस्दै आएको अस्थायी गोठमा बालिएको चुल्होबाट आगो सल्किएको हो । एकान्त ठाउँमा गोठ भएकाले उद्दार गर्न नपाउँदा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् ।
उनीहरुका बुबा ओमबहादुर रोजगारीका सिलसिलामा विदेशमा छन् ।