२६ भदौ, एजेन्सी।
चीनले शुक्रबार अमेरकालाई आधारबिना साइबर अपराधको आरोप नलगाउन चेतावनी दिएको छ। साइबर सुरक्षाको क्षेत्र वार्ता मार्फत समाधान गर्न सकिने र यसलाई विवादको विषय नबनाउन चीनले भनेको छ।
अमेरिकाको नेशनल इन्टीलिजेन्स का निर्देशक जेम्स क्ल्यापरले बिहिबार चीन र रसिया साइबर अपराधमा सबैभन्दा ठुला खतरा भएका देश भएको र चीनको साइबर गतिविधिले अमेरिकाको ध्यान तानेको भन्दै अभिव्यक्ति दिएपछि चीनका विदेश मन्त्रीका प्रवक्ता हङ लि ले अमेरिकालाई यस्तो जवाफ दिएका हुन।
‘चीनको सरकारले साइबर अपराध र ह्याकरहरुलाइ आफैले तह लगाउँछ’ हङले भने, ‘चीनपनि साइबर आक्रमण भोगिरहेको छ।’ उनले थपे,’साइबर सुरक्षा आपसी सहमतीको विषय हो, यसलाई विवाद बढाउने विषय बनाउनु हुन्न’।
हङले अमरिकालाइ वार्ता र आपसी समझदारीले शान्त, सुरक्षित, खुल्ला इन्टरनेटको वातावरण बनाउन मिलेर जानु पर्ने बताएका छन्।