२८ भदौ, नवलपरासी।

नवलपरासीको रामग्राम चार स्थित बैरिहवामा बन्दकर्ताले लु १ क ९५६ नम्बरको स्कुल बसमा आगजनी गरेका छन् । बिद्यालयको बस जलाईएपछि त्रासका कारण केहिदिन देखिमात्र खुलेको अधिकांश विद्यालयहरु आज पुनः बन्द गरिएका छन् ।

करिब एक महिनादेखि लागातार बन्दले प्रभावित बनेको विद्यालय र बजारहरु यता केहिदिन देखि मात्र विहान र बेलुका संचालन गरिने मधेशी, थहरुट संयुक्त मोर्चा र सरोकारवाला बिच सहमती भएको थियो । मोर्चाको सहमतिमा विहान ६ बजेदेखि १० बजेसम्म मात्र विद्यालयहरु संचालन गर्ने र बेलुका ५ बजेदेखि ८ बजेसम्म परासी स्थित बजारहरु खुल्ने सहमत भएको थियो ।bus nawalparasi fire strike

माग सम्बोधनका निम्ति बन्दलाई थप शससक्त बनाउन भोलीदेखि पुनः विद्यालय, सवारी साधन र बजारहरु ठप्प पार्ने आज आव्हान गरिदै गरिएको मोर्चाका संयोजक मुकुरजी गिरीले जानकारी दिए । बन्दका कारण उद्योगी व्यवसायी, यातायात व्यवसायी, विद्यार्थी, सर्वसाधारण मारमा परेका छन् भने दाउन्ने पश्चिम क्षेत्रका जनजिवन प्रभावित बनेको छ ।

त्यसैगरी नवलपरासीमा स्थानिय प्रशासनले लगाउदै आएको निषेधीत क्षेत्र को समयअबधि आगामी भदौ ३१ गते राती १० बजेसम्मकालागी थप गरेको छ । यस अगाबैको हिजो २७ गेत १० बजे रातीसम्म समय सकिएपछि आजबाट निषेधीत क्षेत्रको समय भदौ ३१ गते राती १० बजेसम्मकालागी थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बताए । प्रशासनले नवलपरासीको बर्दघाट नगरपालीका वार्ड न. ४ टिसीएन चोक सम्मको पुर्ब पश्चिम राजमार्ग र दायां बायां ५ सय मिटर ,परासीको मुख्य बजार देखी सुनवल सडक सहित दायां बायां ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ ।