३० बैशाख, काठमाडौं ।

ओली सरकार ढाल्न असफल भएको भनिएको भारतले अव सरकारलाई कमजोर बनाउन अन्य विधी अपनाउन थालेको छ ।

नेपालले गम्भिर आरोप लगाउँदै भारतस्थित नेपाली राजदुत फिर्ता गरेपछि नेपालमा भन्दा बढी तरंग भारतमा देखिएको छ । अव ओली सरकारले भारतीय राजदुतलाई पनि धक्का मारेर देश निकाला गर्ने हल्ला समेत भारतमा चलेको छ ।

Madhesi morcha and gathabandhan

यसैबीच भारतीय दुतबासका अधिकारीले गोप्य भेटघाट गरेर मधेशी नेताहरुलाई पुनः आन्दोलन चर्काउने सुझाव दिएका छन् ।

आन्दोलनको घोषणा गर्न मोर्चाको बैठक बस्दै

भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले सप्तरीको राजविराजमा मधेशी नेताहरुसँग मध्यरात सम्म गोप्य भेटघाट गरेका हुन् । अवको आन्दोलन काठमाडौं केन्द्रित हुनु पर्ने र यसका लागि सबै मधेशी शक्ति एकजुट हुनु पर्ने सुझाव उनले दिएको श्रोतले बताएको छ ।

ओली सरकारको आलोचना गर्दै न्यूयोर्क टाइम्समा सम्पादकीय

नेपालभारत मैत्री संघले राजविराजमा आयोजना गरेको पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटनका लागि भन्दै त्यहाँ पुगेका विनय कुमारले राति भने मधेशी नेताहरुसँग गोप्य छलफल गरेका थिए ।

Vinaya Kumar Indian Diplomat

राजबिराजको होटेल डिलक्समा दुई घन्टासम्म भएको गोप्य भेटमा सरकारलाई धक्का पुर्याउनेगरी आन्दोलन गर्न उनले सुझाव दिएको सहभागीहरुले बताएका छन् ।

उक्त गोप्य भेटमा मधेशी गठबन्धनमा सहभागी दलका जिल्ला नेताहरु सहभागी थिए । अव मधेशमा नभएर राजधानीमा जनजीवन ठप्प हुने गरी आन्दोलन गर्ने सुझाव दुतबासका दोश्रो बरियतामा रहेका ती अधिकारीले दिएका थिए ।

फेरि ओली सरकार ढाल्न देउवा दिल्ली र ठाकुरको दौडधुप

मधेशीहरुले आन्दोलन चर्काउने र एमाओवादी अध्यक्ष प्रचण्डलाई मधेशीहरुले सहयोग गर्ने आश्वासन दिएर पुनः सरकार ढाल्न उक्साउने भारतीय रणनीति रहेको बताइन्छ । यस अघिको प्रयासमा प्रचण्ड पुरै आश्वस्त हुन नसकेका कारण ओली सरकार टिकेको भारतीय कुटनीतिज्ञहरुले बताएका छन् ।