कास्की, ३ बैशाख । पोखरामा एक युवती सामुहिक बलात्कारको शिकार भएकी छिन् । धादिङ घर भइ पोखरामा काम गर्दै आएकी ति युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथी आफ्नै साथीहरुले सामूहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी छिन् ।

युवतीको जाहेरीका आधारमा प्रहरीले उनका चार जना साथीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ पर्नेमा राजु नेपाली, राजन गैह्रे, अनिल गौतम र सरोज श्रेष्ठ रहेका छन् । उनीहरु चारै जनाले बलात्कार गरेको स्वीकारेका नायव उपरीक्षक गुरुङले बताए ।

चारै युवाहरुले मादक पदार्थ सेवन गरी बलात्कार गरेको हुनसक्ने प्रहरीको आशंका छ । ‘राति ३ बजेतिर घटना भएकाले मादक पदार्थ सेवन गरी जवरजस्ती गरेको देखिन्छ’, गुरुङले भने, ‘हामीले अनुसन्धान जारी राखेका छौं ।’ पक्राउ परेका सबैलाई जवर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ ।

Advertisements