२७ कात्तिक, एजेन्सी।

बलिउड नायक शाहरुख खानकी पत्नी गौरी खानसंग जोडिएको अनौठो खबर आएको छ। गौरी खानले एक फोटोग्राफरलाई आफ्नो फोटो डिलिट गर्नको लागि पाँच हजार भारु अफर गरेकी छिन्।gauri-khan-282716614

गौरी आफ्नो नयाँ शोरुमको लागि ठाउँको खोजी गर्दै थिइन। यसैबिच एक फोटोग्राफरले गौरीको फोटो खिचेछन्। जब गौरीले थाहा पाइन आफ्नो बडिगार्डलाई पठाइन। फोटोग्राफरले फोटो डिलिट गर्न नमाने पछि गौरी आफै पुगिन। फोटो डिलिट गर्न नमानेपछि ५००० भारु अफर गरिन।gauri-khan-274057014

फोटोग्राफरले गौरीको पैसा लिन अस्वीकार गरे। फोटोग्राफरको अनुसार सो फोटो सामान्य थियो। तर गौरीले के कारणले फोटो डिलिट गर्न लगाइन, अझै पैसा नै दिनुपर्ने के रहेछ सो फोटोमा सार्वजनिक भएको छैन।gauri-khan-295749014

४६ वर्ष पुगेकी गौरी भलै शाहरुखकी पत्नी हुन तर उनले आफ्नै पहिचान बनाएकी छिन्। गौरी फिल्म निर्माण अनि इन्टेरियर डिजाइन गर्छिन्।

उनले ‘मे हुँ ना’, ‘ओम शान्ति ओम’, ‘माई नेम इज खान’, ‘रा वन’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यू ईयर’, ‘दिलवाले’ जस्ता फिल्म प्रोड्युस गरेकी छिन्।

यो पढ्नुस्।
छोरीलाई किस गर्नेको ओठ शाहरुखले उखेलिदिने
आफ्नो नाक मनपर्दैन शाहरुखलाई, यसरी चाहन्छन् मर्न
फेरी भाइरल बन्दै शाहरुखकी छोरीको ग्लामरस तस्विर…