१७ चैत, एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा बसेका छन् । आफ्ना नजिकका सहयोगी रिभाख पलुचलाई कोरोना संक्रमण पुष्टि भएपछि नेतन्याहू आइसोलेसनमा गएका हुन् ।

उनी १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । इजरालयमा अहिलेसम्म ४ हजार ३ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भइसकेको छ ।