६ चैत, एजेन्सी । कोरोनाभाइरसको महामारीमा पिल्सिइरहेको इटालीमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएयता अहिलेसम्म २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी संक्रमित भएको एक तथ्यांकले देखाएको छ । यो संख्या कूल स्वास्थ्यकर्मीको ८ दशमलब ३ प्रतिशत हो । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि विरामीको उपचारमा समस्या भएको छ ।

इटालीमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ । ३५ हजार ७ सय १३ जना संक्रमितमध्ये ४ हजार २५ जना निको भएका छन् । उपचार गराइरहेका २८ हजार ७ सय १० मध्ये २ हजार २ सय ५ जनाको अवस्था गम्भीर छ ।