१२ कात्तिक, काठमाडौं ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल सम्म सरकाले वार्ताको नौटंकी मात्रै गरेको भन्दै आजको वार्ता पनि फलदायी हुनेमा आफुलाई शंका नै रहेको टिप्पणी गरेका छन् ।
चीनसँग इन्धन सम्झौता भएकोप्रति लक्षित गर्दै उनले भने ‘कहिले भारतलाई नजिक पारेर चीनलाई ब्ल्याकमेल गर्ने त कहिले चिनलाई नजिक पारी भारतलाई ब्ल्याकमेल गर्ने नीतिले कहिले पनि मुलुकको हित हुन सक्दैन’, अगाडी थपे, ‘महेन्द्रकालिन विदेश नितीवाट अझै हाम्रो मुलुकले छुटकारा पाउन नसक्नु दुर्भाग्यपुर्ण हो ।’
आज राजविराजमा पत्रकार सम्मेलन गरेर नेता यादवले भने ‘हाल सम्मको वार्ता नौटंकी मात्रै सावित भएको छ, सरकार वार्ता प्रति खासै गम्भीर देखिएको छैन’, चेतावनीपूर्ण भाषामा अगाडी उनले थपे ‘आज हुन भनिएको वर्तामा सिमांकन वारे प्रष्ट धारणा सार्वजनीक नभए हामि अझ सशक्त आन्दोलनमा जान बाध्य हुने छौ ।’
चीनसँग भएको इन्धन आपुर्ति सम्झौताप्रति महन्त ठाकुरको असन्तुष्टी
मोर्चाको मुख्य मागहरु सरकार अझै गम्भीर हुन नसकेको आरोप लगाउँदै यादवले भने, ‘सिमांकन, राज्य र केन्द्र विच शक्ति तथा स्रोतको न्यायोचित्त वाँडफाँड हाम्रो मुख्य एजेण्डा हो, यस प्रति राज्य साकारात्मक नदेखिए वार्ताको कुनै औचित्य रहदैन ।’
सिमांकनको सबालमा राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदन आफुहरुको बटमलाईन रहेको वताउँदै यादवले एउटा आयोगको प्रतिवेदन नमान्ने अनि अर्को आयोग मार्फत संघीयताको सिमांकन संबन्धी विवाद टुंगो लगाउने भन्दै सरकार तथा प्रमुख दलहरुको दोहरो मापदण्ड देखाएको उनको आरोप छ ।
गोर्खा सैनिकको पेन्सन बारेः भारतीय दुताबासको स्पष्टोक्ति
आफुहरुले उठाएका मागहरु वार्ता भएको ४८ घण्टा भित्र संविधान संशोधन गरी कार्यान्वयन नभए सम्म आन्दोलन फिर्ता नहुने उनले स्पष्ट पारेका छन् ।
विहिवार हुने वार्ता सार्थक नभए कार्तिक १४ गते जनकपुरमा हुने मोर्चाको बैठकवाट आगमि रणनीति र आन्दोलनको स्वरुप वारे पुर्नविचार हुने यादवले चेतावनी दिएका छन् ।
आन्दोलनको स्वरुप वारे राखिएको जिज्ञासा माथि बोल्दै यादवले शान्तिपुर्ण अहिंसात्मक आन्दोलन हुँदै आफुहरु असहयोग आन्दोलनमा लागेको र अबको आन्दोलन पुर्ण प्रतिरोधात्मक सम्म पुग्ने बताए । तर त्यस्तो प्रतिरोधात्मक भनेको के हो भन्ने उनले स्पष्ट पारेनन्
आफुहरु प्रारम्भमा शान्तिपुर्ण अहिंसात्मक आन्दोलन गर्दा त्यसलाई विखण्डनवादी राष्टघाति र आपराधिक संज्ञा दिईएको तथा असहयोग आन्दोलन स्वरुप नाकाहरुमा धर्ना वस्दा उग्र राष्टवादका कुरा उठाएर आन्दोलन विरुद्ध षड्यन्त्र थालिएको यादवको भनाई छ ।
नश्लवादी सामुदायिक चिन्तनका कारण मुलुकको एकतानै खतरामा पुगेको प्रचि चिन्ता व्यक्त गर्दै यादवले उग्र राष्टवादी तथा वाम पन्थी चिन्तनले कहिले पनि मुलुकको हित गर्न नसक्ने स्पष्ट पारे ।
नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतीय मिडियामा रुन्चे प्रतिक्रिया
प्रधानमन्त्री चुनावमा भाग लिनु आफुहरुको रणनीति तहत उठाईएको कदम भएको स्पष्ट पार्दै यादवले प्रधानमन्त्री चुनावमा भाग लिनुको अर्थ संविधाननै स्विकार्य गर्नु नरहेको वताए ।