१४ असोज, काठमाडौं ।

उर्जा मन्त्री राधा ज्ञवाली र खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजिनामा दिएका छन् ।

अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए ।

radha-gyawali

शुक्रबार सुरु हुने संसद् अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले २ दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र उर्जा मन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहपछि एमालेका २ मन्त्रीले पद छोडेका हुन् ।