२० वैशाख, काठमाडौं।

निर्वाचन आयोगले एक हप्ता बिदा दिन सरकारसंग आग्रह गरेको छ।

स्थानीय तह निर्वाचन सम्पन्न गर्नको लागि देशभरका शैक्षिक संस्थाहरुमा वैशाख २५ देखि ३१ गतेसम्म सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसंग आग्रह गरेको हो।

यसबारेमा सरकारले निर्णय गरेपछि मात्र बिदाको टुङ्गो लाग्नेछ।