गुगको एन्ड्रोइड ललीपप अपरेटिङ सिस्टम भएको मोबाइलमा कयौं उपयोगी फिचर छन्। तापनी कयौं प्रयोगकर्ता यसबाट अनजान रहन्छन्। सामसुङ, एचटिसी, कलर्स लगायतका स्मार्टफोनमा भएका यी ७ फिचरको बारेमा जानौं।
एपको प्राथमिकता
धेरै एप इन्स्टल्ड भएको छ र महत्वपूर्ण एपलाई प्राथमिकतामा राख्न चाहनुहुन्छ भने, Settings > Sound & notification > App notifications मा गएर एपको प्राथमिकता तय गर्न सकिन्छ। जुन एप कामको छ, त्यसलाइ प्रायोरिटी लिस्टमा राख्न मिल्छ अनि जुन कामको छैन, ब्लक गर्न सकिन्छ।
स्मार्ट लक
स्मार्ट लकको सहायताले स्मार्टफोन वा ट्याबलेटलाई ब्लुटुथको सहयताले स्मार्टवाच, कार र स्पीकरसंग जोड्न सकिन्छ। यसले मोबाइल हराउने वा चोरी हुन सक्ने खतरा समेत कम गराउँछ।
कनेक्टिभिटी
वाइफाइ चलाउँदै गर्दा बिचमा नेटवर्क गएमा, यो नयाँ अपरेटिङ सिस्टमले नजिकका अन्य (पहिले पनि जोडिएका) वाइफाइसंग कनेन्ट गरिहाल्छ। पुराना स्मार्टफोनमा एउटा वाइफाइ गएपछि अर्को वाइफाइ सेटिङमै गइ कनेक्ट गर्नुपर्ने हुन्थ्यो।
लकस्क्रिन सर्टकट
यो भर्जनको अपरेटिङ सिस्टममा प्रयोगकर्ताले लकस्क्रिनमा सर्टकटको सुविधा लिन सक्नेछन। लक नखोलिकनै क्यामेरा लगायतका एप चलाउन सकिन्छ। मोबाइलको तल दुवै किनारामा कल, क्यामेरा आइकन माथी तिर स्वाइप गरेर बिना लक खोली एप खोल्न सकिन्छ।
सेटिङमा सर्च अप्सन

पहिले नभएको सुविधा यो अपरेटिङ सिस्टममा थपिएको छ। सेटिङमा सर्च गर्ने अप्सन। सेटिङमा के चाहिएको थाहा भएको खण्डमा टाइप गरि सो अप्सन सजिलोसंग सर्च गर्न सकिन्छ।
ब्याट्री सेभिङ
पुराना अपरेटिङ सिस्टम भन्दा यो नयाँ अपरेटिङ सिस्टमले ब्याट्रि लाइफ अझै बढाउँछ। ९० मिनेट भन्दा बढी ब्याट्री सेभ गर्न सक्छ। साथै चार्ज गर्ने समय भएको बारेमा समेत जानकारी दिन्छ।
क्विक सेटिङ
यो अपरेटिङ सिस्टम अन्तर्गतको क्विक सेटिङमा हट स्पट, लोकेशन, फ्याल्स लाइट, वाइफाइ, ब्लुटुथ, स्क्रिन रोटेशन र म्यानुअल ब्राइटनेश एडजस्टमेन्ट आदीको सेटिङ सजिलो बनाइएको छ।
यो पनि पढ्नुस्।
कम्प्युटरमा गर्न सकिने अनौठा १० ट्रिक्स
एन्ड्रोइडको लागि मात्र पाइने १४ एप्स
पाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन!!
जीमेल प्रयोग अझै सहज बनाउने ५ तरिका


