२८ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले पार्टीमा निरंकुशता चलाएको र फरक विचारलाई पार्टीमा सम्मान नदिइएको भन्दै माधव नेपाल गुटले छेडेको युद्वले केपी ओलीलाई अप्ठ्यारोमा पारिदिएको छ ।

सरकार सञ्चालनमा सहयात्री दललाई साथ र विश्वासमा नलिएको, आफुखुसी गलत संस्कारको विकास गरेको, भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेपाल समूहले ओली विरुद्ध छेडेको युद्धलाई कसरी सम्बोधन गर्ने विषयमा एमाले भित्र गरमागरम बहस सुरु भएको छ ।

तर नेपाल पक्षले राखेको एकलौटी र निरंकुशतालाई हटाउने विषयमा ओली पक्षले सहमति जनाएको छैन । ओलीले पार्टीमा ज्यादती गरेको नेपाल पक्षको आरोप गरेको छ । ओलीले मधेसको समस्या समाधान गर्ने तर्फ ध्यान नदिएको, संविधान कार्यान्वयन गर्ने तर्फ ध्यान नदिएको भन्दै नेपाल पक्षले छेडेको युद्धका कारण ओलीको पद समेत धरापमा परेको छ ।

माओवादीले पनि राष्टिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिएको अवस्थामा ओलीको सरकार एक धक्कामा ढाल्न सक्ने हैसियत माओवादीले राखेको छ । पछिल्लो पटक विभिन्न दश वटा माओवादी घटकबीचको एकताले पनि माओवादीलाई बलियो बनाइदिएको छ ।

मधेसवादी दलको समेत सहमतिमा संविधान कार्यान्वयन गर्ने तर्फ ध्यान नदिएको र उनीहरुलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा ओलीले त्यसतर्फ ध्यान नदिएको भन्दै माधव नेपाल मात्रै होइन माओवादी पनि ओलीसँग असन्तुस्ट छ ।

एमाले भित्र उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,घनश्याम भुसाल, योगेश भट्टराई जस्ता नेताले ओलीको ज्यादती विरुद्ध घोषित रुमपा नै लडाई छेडेका छन् । तर त्यो लडाईलाई सम्बोधन गर्ने तर्फ ओलीले कुनै तत्परता देखाएका छैनन् । जनआह्वान साप्ताहिकमा खबर छ ।