१९ जेठ, काठमाडौं ।

प्रधानमन्त्रीको निर्वाचनका लागि कार्यतालिका बनाउने विषयमा सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीले प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफल गरिरहेकी छिन् ।

आगामी २१ गते बस्ने बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन तालिका बनाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सहमतिका लागि सभामुख घर्तीले छुट्टै छलफल गरिरहेकी हुन् ।

सभामुखले आफ्नै कार्यकक्ष सिंहदरवारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका मुख्य सचेतकहरु  केही सांसदहरुसँग छलफल गरिरहेकी छिन् ।

भरतपुर महानगरमा रोकिएको मतगणना तत्काल शुरु नगरेसम्म संसद बैठकमा नियमित गरिरहेको अवरोध नहट्ने र प्रधानमन्त्री पनि चयन हुन नसक्ने चेतावनी नेकपा एमालेले दिएपछि प्रधानमन्त्री चयनको तालिका बन्न सकेको छैन ।