२७ असार, काठमाडौं ।
एमालेले साथ नदिने भएपछि तत्कालका लागि संविधान संसोधन विधयेक अघि नबढ्ने भएको छ । एमालेविना दुई तिहाई बहुमत पुर्याउन सरकारले नसक्ने ठानेपछि संसोधन विधेयक अघि नबढ्ने भएको हो ।
त्यसका लागि सरकारले आजै राप्रपासँग छलफल गर्ने भएको छ । एमालेले समर्थन नगरे पनि संविधान संसोधन गर्न कस्सिएको सरकार एमाले विना अघि बढ्न नसक्ने मनस्थितीमा देखिएको हो ।
कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘अव एमालेले समर्थन न गर्ने र दुईतिहाई न पुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अगाडि न बढ्ने देखिएको छ । यसबारे राप्रपासँग छलफलको तयारी भइरहेको छ ।