१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सरकार छाडेदेखि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विक्षिप्त अवस्थामा रहेको बताउँदै एमाले अध्यक्ष ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएकी छिन् ।
काँग्रेसकै सांसदले गरे सरकारको बिरोध
प्रेस सेन्टर नेपाल, सञ्चार राष्ट्रिय प्रतिष्ठानको प्रथम अधिवेशनको कार्यक्रममा केन्द्रकी प्रवक्ता भुषालले एमाले अध्यक्ष ओलीले पछिल्लो समयमा गरेका गतिविधि, भाषणले ओली विक्षिप्त अवस्थामा रहेको पुष्टी गर्ने दावी गरिन् । माओवादीको समर्थनमा बनेको सरकारमा ओलीले माओवादीलाई निषेध गर्ने, माओवादीसँग भएका सहमतिलाई कार्यान्वयन गर्न चासो नदेखाउने गरेका कारण बाध्य भएर समर्थन फिर्ता लिनुपरेको प्रष्ट पार्दै उनले एमाले अध्यक्ष ओली विक्षिप्त हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गरिन् ।
कैलाली घटना प्रकरणः ओलीले ट्वीटरबाट दिए जवाफ
उनले एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको, अध्यक्ष प्रचण्डसँग बोल्दै नबोल्ने उल्लेख गरेको, पार्टीबीचका बैठकमा पनि उपस्थित नहुने र निषेधको राजनीति गर्ने गरेको आरोप समेत लगाएकी छिन् ।