१८ चैत, काठमाडौं । बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाकाे मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटर साइकलमा सवार शोभा केसी बटालाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते केसीलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । लकडाउनका बला पनि निजी सवारी साधन चल्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनामा मोटरसाइकल चालक दण्डबिक्रम बिष्ट घाइते भएका छन्। उनको शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कूलदीप चन्दले जानकारी दिए।