२४ माघ, काठमाडौं । ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई आज अदालत लगिएको छ ।

उनलाई म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो । उनी गाडीबाट ओर्लिएपछि मुन्टो लुकाएर हिँडेका थिए ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिनेछ । तस्करसँग मिलेमतो गरी विमानस्थलबाट सुन तस्करीमा संलग्न भएको आरोपमा सिआइबीले उनलाई प्रहरी हेडक्वाटरबाटै हिजो समातेको हो ।