फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण खासै उपलब्धिमुलक नभएको भन्दै सत्तारुढ दलका नेताहरुले ने असन्तुष्टि जनाएका छन् ।
भारत भ्रमणबाट फर्केपछि भ्रमणको विषयमा सत्तारुढ दलका नेतालाई जानकारी गराएका ओलीलाई नेताहरुले भ्रमणको उपलब्धि के हो भनेर र्याख र्याख्ती पारेको श्रोतले बताएको छ ।

आफ्नो भ्रमणको क्रममा भएका उपलब्धि र भारतले राखेको चासो तथा चिन्ताबारे ओलीले सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरुलाई हिँजो दिउसो ब्रिफिङ गरेका थिए ।
बैठकमा एमाओवादी, नेकपा माले, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका सत्तापक्षीय दलका प्रमुख नेताहरुलाई बोलाइएको थियो ।
हिन्दुस्तान टाइम्सले खोल्यो संयुक्त विज्ञप्ति नआउनुको कारण
बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीबाट ठोस कुरा नआएको भन्दै प्रधानमन्त्रीको भव्य स्वागत हुँदैमा राष्ट्रले केही नपाउने बताएका थिए ।
ओलीलाई भारतले यसरी देखाइदियो औकात
उनले ओलीलाई राष्ट्रपति भवनमा राखेर मिठो खुवाउँदैमा राष्ट्रको उपलब्धि भन्न नहुने भन्दै भारतले नेपालको संविधानलाई अझै पनि स्वागत नगरेर डिक्टेट नगरेको कुरालाई प्रतिवाद गर्न नसेकेको आरोप लगाएका थिए ।
विजुक्छेले यस अघी संविधान संसोधन हुँदा पनि भारतकै इसारामा गरिएको भन्दै विरोध गरेका थिए ।